मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत ७ शुक्रबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार

यस्तो बन्यो भरतपुर कोरोना विशेष अस्पताल [फोटो फिचर]

Read Time : < 1 मिनेट
२०७६ चैत ७ शुक्रबार १९:४१:००

भरतपुरमा ७२ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद वा संक्रमितको उपचार गर्ने अस्थायी अस्पताल निमार्ण भएको छ । 

चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा निर्माण गरिएकोे ‘भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल’  शुक्रबार बिहानबाट सञ्चालनमा आएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।  भरतपुरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि गठित कार्यदलको संयोजक समेत रहेकी दाहालले तत्कालका लागि ५० बेडबाट अस्पतालले सेवा सुरु गरे पनि थप १० बेडको आईसीयू र १० बेडको एचडीयू भने निमार्णकै क्रममा रहेको बताइन् ।

भरतपुर महानगरपालिकाले निजी क्षेत्रलगायतको समन्वयमा संचालनमा निर्माण गरेको अस्पताललाई आवश्यक बेड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले दिएका हुन् । बेडका लागि आवश्यक सामग्री उद्योग वाणिज्य संघ चितवनको अगुवाइमा व्यवस्थापन भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन श्रमदान गरेका थिए । 

अस्पतालको औपचारीक उद्घाटन कार्यक्रममा आएका बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अस्पतालमा चिकित्सकहरुका लागि उपचारमा लगाउने पोशाकसहित मास्क हस्तान्तरण गर्दै संघीय सरकार र प्रदेश सरकारले समेत अस्पताललाई सहायोग गर्ने बताएका छन् । अस्पतालमा तत्काल १६ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।