मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ७ शुक्रबार १८:४६:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना त्रासले खाद्य संस्थानमा चामल लिनेको घुइँचो

Read Time : < 1 मिनेट
२०७६ चैत ७ शुक्रबार १८:४६:००

कोरोना भाइरसको त्रासकै कारण जुम्लाका सर्वसाधारण दैनिक उपभोग्य वस्तु संग्रहमा जुटेका छन् । नाका बन्द हुने र खाद्यवस्तुको मूल्य वृद्धि हुन्छ भन्ने आशंकामा स्थानीयले दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, ग्यास भण्डारण गर्न लागेका हुन् ।

त्यसैगरी नुन वितरण गर्ने शाखामा पनि ग्राहकको भिड बढेको छ । पछि नपाइने र मूल्य पनि बढ्ने अनुमानले गर्दा खाद्य संस्थानमा चामल लिन आएको चन्दननाथ नगरपालिका– ३ की नानु बुढ्थापाले बताइन् । 

अहिले नै संकलन गरेर राख्यो भने पछि सहज होला भनेर दैनिक उपभोग्य वस्तु किन्न आएको स्थानीय कोइली कुलालले बताइन् । 

केही दिनयता नेपाल खाद्य संस्थान शाखामा र नेपाल साल्ट ट्रेडिङ कर्पाेरेसन शाखामा चामल र नुन लिनेको घुइँचो लाग्ने गरेको छ ।

सामान्य अवस्थामा दिनमा १५ देखि २० बोरा मात्र चामल बिक्री हुने गरेकोमा अहिले थामिनसक्नु भिड भएकोे खाद्य संस्थानका प्रमुख तिलक सुनारले बताए ।

उनले खाद्य संस्थान जुम्ला शाखामा चामल पर्याप्त रहेको उनले बताए ।