मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ७ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

सार्वजनिक विद्यालयलाई क्वारेन्टाइन बनाऔँ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ७ शुक्रबार १७:१०:००

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका वेला शुक्रबार ट्विट गर्दै नेता पौडेलले विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्ने बताएका हुन् ।

‘६७४२ वडाहरूमा रहेका सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न सक्ने परिस्थिति छ । यसलाई व्यवस्थित गरी सरकारले आवश्यक निर्णय गरोस्,’ पौडेलले भनेका छन् ।

नेता पौडेलले यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिनुपर्ने बताउँदै उनले स्वास्थ्य चौकीमै कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गरिने व्यवस्था गर्न पनि सरकारलाई सुझाब दिएका छन् ।