१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ७ शुक्रबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीले देशवासीका नाममा आज साँझ विशेष सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ७ शुक्रबार १४:५७:००

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । 

आज (शुक्रबार) साँझ ६ बजे सरकारीनिवास बालुवाटारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालभित्र अनावश्यक रूपमा यसको त्रास नमान्न साथै आवश्यक सावधानी अपनाउन आग्रह गर्ने गरी प्रधानमन्त्रीको सम्बोधन आउने बताइएको छ । 

कोरोना संक्रमण फैलन नदिन आवश्यक सावधानी अपनाउन र अनावश्यक त्रास नफैलाउन सरकारले सबै देशवासीसँग आग्रह गरेको छ ।