मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ चैत ७ शुक्रबार ११:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ चैत ७ शुक्रबार ११:३५:००

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता सुरु भएको छ । पार्टी एकतालगायतका विषयमा छलफल गर्न बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा केही समयअघिदेखि भेटवार्ता सुरु भएको हो ।

यसअघि ५ चैतमा नेकपा केन्द्रीय सचिवालयको बैठक बसेको थियो, बैठकले ओलीको स्वास्थ्यलाभको कामना गर्नुको साथै कोरोना भाइरस संक्रमण रोक्नका लागि चाल्ने कदमबारे छलफल गरेको थियो ।

सोही बैठकले ६ चैतदेखि सुरु हुने कार्यतालिका रहेको एसइई परीक्षा स्थगित गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण अध्यक्ष प्रचण्डले जरुरी कामबाहेक अन्य प्रयोजनका लागि भेटघाट स्थगित गरेका छन् भने २१ फागुनमा मिर्गाैला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रम ओलीले पनि भेटघाटलाई नियन्त्रण गरिरहेका छन् ।