मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत ६ बिहीबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

किशोरी बलात्कार आरोपमा दुई युवा पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत ६ बिहीबार १९:१९:००

कञ्चनपुरकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका क्षेत्रकी किशोरीलाई बलात्कार गरेको आरोपमा बेलौरीकै सन्दीप भण्डारी र बेलडाँडीका महेश चन्द पक्राउ परेका हुन् ।

किशोरीले इलाका प्रहरी कार्यालय बेलौरीमा दिएको उजुरीका आधारमा भण्डारी र चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले बताए । उनले अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको पनि जानकारी दिए ।

प्रहरीलाई बयान दिने क्रममा आफूलाई भण्डारीले त्यसअघि पनि जबर्जस्ती गरेको किशोरीले बताएको प्रहरीले जनाएको छ । आफ्नो पेटमा तीन महिनाको गर्भसमेत रहेको बयान दिएपछि प्रहरीले किशोरीको सेती अस्पतालमा स्वास्थ्य जाँच गराएको छ । अस्पतालबाट आधिकारिक रिपोर्ट आएपछि मात्र उनको गर्भ रहे÷नरहेको स्पष्ट हुने प्रहरीले जनाएको छ ।

घटना तीन महिनापछि मात्र सार्वजनिक हुनुलाई स्थानीयले शंस्कास्पद भनेका छन् । स्थानीयले जबर्जस्ती वा विवाहको प्रलोभनमा गरिएको बलात्कार के हो सत्यतथ्य छानबिनको माग गरेका छन् । यद्यपि उमेर नपुगेकी महिलासँग सहमतिमै यौन सम्बन्ध कायम गरे पनि त्यसलाई बलात्कार मानिने कानुनमा उल्लेख छ ।