मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार

विदेश जान नपाएका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १७:५५:००

विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) का कारणले वैदेशिक रोजगारीमा जान नपाएका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । 

बिहीबार भएको पत्रकार सम्मेलनमा उनले प्रमुख गन्तव्य रहेका देशहरूमा प्रतिबन्ध लगाएपछि जान नपाएका नेपालीलाई कार्यक्रममा संलग्न भई काम गर्न आग्रह गरेका हुन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सार्वजनिक निर्माण कार्यमा रोजगारी प्रत्याभूत गरेकाले रोजगारी गर्न चाहनेलाई स्वदेशमा नै रोजगारी गर्न मन्त्री खतिवडाले सुझाब दिएका छन् । साथै, उक्त काम गर्न नचाहनेलाई उपयुक्त छलफल गरी व्यवस्था मिलाउने उनले बताए ।

यसैगरी, कोरोनाका कारण अहिले नै वैदेशिक रोजगारीको सिलसिलामा आत्तिहाल्नुपर्ने स्थिति नरहेको मन्त्री खतिवडाको भनाइ छ । ‘सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रवेशमा रोक लगाएको छ,’ मन्त्री खतिवडाले भने, ‘विभिन्न मुलुकबाट फर्कने र ट्रान्जिक्ट भई फर्केका नागरिकलाई सुरक्षित राख्न उक्त निर्णय लिएको हो ।’

वैदेशिक रोजगारीमा रोक लगाएसँगै विप्रेषणमा असर पर्छ कि भन्ने विषयको चर्चा रहेकाले तत्काल विप्रेषणमा कुनै असर नपर्ने मन्त्री खतिवडाले स्पष्ट पारे ।