मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १४:२२:००
Read Time : < 1 मिनेट
समाचार

लोक सेवा आयोगका सबै परीक्षा स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १४:२२:००

लोक सेवा आयोगले कोरोना भाइरस ९कोभिड १९० ले सिर्जना गरेको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै शनिबारदेखि हुने सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

आयोगका उपसचिव एकनारायण शर्माले हस्ताक्षर गरेको सूचनामा बिहीबारको निर्णयबाट परीक्षा स्थगित भएको उल्लेख छ ।