मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार

एसएसपीसँग गृह मन्त्रालयको बयान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १०:२७:००

नेपाल प्रहरीका निलम्बित एसएसपी सौरभ राणामाथि गृह मन्त्रालयले छानबिन अघि बढाएको छ । बलात्कार मुद्दामा पक्राउ परी साधारण तारेखमा छुटेका राणामाथि गृहले छानबिन समिति बनाई बयान लिएको हो । 

प्रहरी प्रधान कार्यालयले उनीमाथि थप छानबिन नै नगरी निलम्बन फुकुवाका लागि पत्राचार गरेपछि गृहले आफैँ छानबिन थालेको हो । ‘पीडित महिलालाई फकाएर कुरा फेर्न लगाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध गृहका एक अधिकारीले भने, ‘जाहेरी दिने महिलासँग उनको १० वर्ष भन्दा लामो सम्बन्ध रहेको खुलेको छ ।’

छानबिन प्रतिवेदनका आधारमा विभागीय कारबाही गरेपछि मात्र उनको निलम्बन फुकुवा गर्ने गृह मन्त्रालयको तयारी छ । गृहमा उनले घुमुवा परिचालन गरेर पैसा असुलेको तथा महिला प्रहरीमाथि नै दुव्र्यवहार गरेका उजुरीसमेत परेको छ । त्यसको समेत छानबिन भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । माघको दोस्रो साता जिल्ला प्रहरी कार्यालय सुनसरीमा राणाविरुद्ध जबर्जस्तीकरणीको जाहेरी परेको थियो ।