मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार ०९:४९:००
Read Time : < 1 मिनेट
राजनीति

राष्ट्रिय सभामा पनि सतर्कता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार ०९:४९:००

कोरोना भाइरसको संक्रमणविरुद्ध संसद्मा पनि सतर्कता अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रोकथामका उपाय अपनाउन थालिएको छ । 

सांसदहरूले यससम्बन्धी दुवै सदनमा बोलेका छन् । उनीहरूले सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । केही दिनदेखि सुरक्षात्मक व्यवस्थास्वरूप सरसफाईमा ध्यान दिइएको राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले बताए । ‘कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै सरसफाईमा ध्यान दिएका छौँ । भित्र–बाहिर गर्दा साबुनपानीले हात धुन थालेका छौँ । इन्ट्रीमा स्यानिटाइजर राखेका छौँ,’ सचिव फुँयालले भने ।
 
सचिव फुँयालका अनुसार सांसद कर्मचारीले हात मिलाउन छोडेका छन् । कुनै विषयमा कुरा गर्दा पनि दूरी बनाउन थालिएको छ । ‘हामीले हात मिलाउन छाडेका छौँ । कुनै विषयमा कुरा गर्दा अफ्ठ्यारो नहुने गरी दूरी कायम गरेर कुरा गछौँ,’ सचिव फुयाँलले भने, ‘हामीसँग भएको स्वास्थ्य शाखामा पनि त्यस्तो कुनै शंकास्पद अवस्थामा कोही पनि आएका छैनन् ।’

स्वास्थ्य शाखाले प्राथमिक उपचारको मात्र काम गर्ने सचिव फुँयालले बताए । तथापि, संसद प्रवेशदेखि, स्वास्थ्य जाँचकक्ष कतै पनि मास्क लगाउनेदेखि अन्य सुरक्षाका उपाय अपनाइएको भने देखिँदैन ।