मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत ६ बिहीबार ०८:३६:००
Read Time : < 1 मिनेट
समाचार

कविता विष्ट हत्या प्रकरण  मुख्य अभियुक्तलाई २० वर्ष सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत ६ बिहीबार ०८:३६:००

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले कञ्चनपुरकी १७ वर्षीया किशोरी कविता विष्ट हत्याका मुख्य अभियुक्त मदन गिरीलाई २० वर्ष जेल सजायको फैसला गरेको छ । कृष्णपुर नगरपलिका–८ शान्तिपुरकी कविताको २६ असार ०७५ मा बलात्कारपछि हत्या भएको थियो ।
 
घरबाट किताब किन्छु भन्दै हिँडेकी कविताको अपहरण र बलात्कारपछि हत्या गरेर गंगलमा खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको थियो । कविताको अपहरण, बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अनुप भनिने मदन गिरी र भरत बोहरा अहिले जेलमा छन् । 

अपहरण, हत्या र बलात्कार तीन मुद्दामा मदन गिरीलाई २० वर्ष कैद र भरत बोहरालाई ३ वर्ष ६ महिना कैद सजायको फैसला भएको हो । प्रतिवादी गिरी, बोहरा र सरकारी वकिल कार्यालयले फैसलामा पुनरावेदन गरेका थिए ।