१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ५ बुधबार १५:३०:००
Read Time : < 1 मिनेट
अर्थ

कृषिमा दलाल पुँजीवाद छ्यापछ्याप्ती : कृषिमन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ५ बुधबार १५:३०:००

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिमा दलाल पुँजीवाद हावी भएको बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले कृषि क्षेत्रमा दलाल पुँजीवाद छ्यापछ्याप्ती रहेको बताएका हुन् । ‘कृषिको होल पुँजीलाई हेर्न हो भने दलाल पुँजीवाद छ्यापछ्याप्ती छ,’ मन्त्री भुसालले भने, ‘यसलाई किनारा लाउन म बुझेरै यहाँ आएको हुँ ।’

रोजगारी सिर्जना नगर्ने पुँजीवादलाई  आफूले दलाल पुँजीवाद भनेर परिभाषित गर्ने बताउँदै मन्त्री भुसालले किसानले आफ्नो उत्पादनको मूल्य नपाएको र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपरेको दाबी गरे ।

कृषिमा अनुदान बाँड्ने वर्तमान प्रणालीसमेत राम्रो नरहेको बताउँदै मन्त्री भुसालले सजिलो बनाउने दाबी गरे । ‘अहिले अनुदान पाउन गाह्रो भयो,’ उनले भने, ‘यसलाई सजिलो हामी बनाउनेछौँ । पानीमा, वबजुलीमा र मलमा हामी अनुदान दिन्छौँ ।’

मन्त्री भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकाे आमागी कार्य दिशाबारे जानकारी गराएका  थिए ।