Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
पूर्णप्रसाद न्यौपाने
२०७५ माघ ७ सोमबार १४:२९:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया

पत्तालेमा पर्यटक बढे (फोटो फिचर)

Read Time : > 1 मिनेट
पूर्णप्रसाद न्यौपाने
२०७५ माघ ७ सोमबार १४:२९:००

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने पत्तालेमा पर्यटकको आवागमन बढेको छ । नजिकबाट सगरमाथालाई हेर्ने सहज गन्तव्यका रुपमा रहेको पत्ताले घुम्न आउने पर्यटकको संख्या बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेपछि पत्तालेमा होमस्टे सहितका सुविधा सम्पन्न होटलहरु खुलेका छन् । पत्तालेमा दुई दर्जनभन्दा बढी होटल तथा लजहरु पनि संचालनमा छन् । 

पत्तालेमा विभिन्न चाडपर्व मनाउन सोलुखुम्बु, ओखलढुंगा र खोटाङ लगाएतका जिल्लाबाट मानिसहरुको बाक्लो उपस्थिति हुनेगर्छ । खोटाङको हलेसी घुम्न आउने र काम विशेषले सोलु,ओखलढुंगा र खोटाङ आईपुग्नेहरुको प्रमुख गन्तव्य स्थलमा पत्ताले पर्छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा पत्तालेबाट नजिकै देख्न सकिन्छ । त्यहाँ पुग्ने सबै पर्यटकको पहिलो आकर्षण सगरमाथा नै हो । विशेषत : विहानको समयमा मौषम सफा हुने भएकाले बेलुका पत्ताले पुगेर बस्ने र विहान भ्यु हेरेर हिउँ र तुषारोमा रमाउँदै पर्यटकहरु फर्कने गर्छन् ।

‘आहा ! क्या रमाईलो । स्वर्ग जस्तै लाग्ने रहेछ यो ठाँउ’ पत्तालेमा हिमाल हेर्दै रमाईरहेका लमजुङ क्याम्पसमा अध्ययनरत सिन्धुपाल्चोकका विपिन न्यौपानेले भने,‘सगरमाथा चढ्न हाम्रो क्षमताले नभ्याउने,यहाँबाट राम्रो हेर्न पाईन्छ भन्ने सुनेर लमजुङ देखि हामी आएका हौं ।’

सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको सुन्दर पर्यटकी क्षेत्र हो । पत्ताले आउन काठमाडौंदेखि करिब दुई सय ५० किलोमिटर पार गर्नुपर्छ । यस्तै तराई क्षेत्रबाट पनि उदयपुरको कटारी–घुर्मी भएर ओखलढुंगा हुदै आउन सकिन्छ । यसको उचाई करिब ३१०० मिटर छ । 

मनोरम हिमालका दृष्याअवलोकन गर्नको लागि यो उपयुक्त डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कन्चनजङ्गा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु लगायतका शुन्दर हिमालको दृश्याअवलोकन गर्न सकिन्छ । पत्तालेमा विभिन्न प्रजातिका लाली गुराँस र जडिबुटिको दृश्याअवलोकन र सुगन्धमा रमाउन पनि सकिन्छ । 

धार्मिक स्थल पनि हो पत्ताले 

पर्यटकीय क्षेत्र सँगै धार्मिक स्थलको रुपमा समेत पत्ताले चिनिन्छ । यहाँ करिब पाँच करोडको लागतमा बुद्धपार्क निर्माण गरिदै छ । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । गौरीटापलाई समेत धार्मिक पर्यटकीय क्षेत्र बनाउन सक्रियता बढेको छ ।

पत्तालेको प्रवर्द्घनका लागि लागि पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिनुपर्ने गौरीटाप धामका प्रमुख लौरेश्वर बाबा बताउँछन् । ‘यो निकै पवित्र भूमि हो । यहाँ आँखाले हेर्दा नै धेरै कुरा थाहा हुन्छ लुकेका अरु थुप्रै विशेषताहरु छन् ।’ लौरेश्वरले भने ‘थप प्रचार–प्रसार र पूर्वाधार विकास गर्न जरुरी छ ।’

दुई जिल्लाको सिमानामा पर्ने भएपनि सोलुखुम्बु र ओखलढुंगा दुवै जिल्लाको विकास प्राथमिकतामा भने पत्ताले पर्न नसकेको स्थानीय बताउँछन् । पत्तालेमा शेर्पा, मगर लगायतका जातीको बाक्लो बासोबास छ । यहाँका स्थानीय जातजातीको आ–आफ्नै भाषा,संस्कृति र झाँकि छ ।

पत्ताले आर्थिक हिसावले निकै सस्तो पर्यटकीय गन्तव्य पनि हो । पत्ताले घुम्न राजधानीबाट दुई दिन एक रात समय छुट्याउँदा पुन्छ । प्रति व्यक्ति करीब ४ देखि ५ हजार रुपैयाँमा यो क्षेत्रमा घुमेर फर्कन सकिन्छ ।