१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार १३:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रियसभा बैठक एक हप्ताको लागि स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार १३:३८:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक एक हप्ताको लागि स्थगित भएको छ । सोमबारको बैठकमा कांग्रेसका सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको थियो।

राष्ट्रियसभाको दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध सुचारु गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १४ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए । 

कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताइन् । उनले भनिन् ‘यो सरकारले खोजेको के हो ? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो ?’