मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मिलन दाहाल काठमाडौं
२०७६ चैत ४ मंगलबार १७:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह : परीक्षा सकेपछि घर बाहिर ननिस्किनु

Read Time : > 1 मिनेट
मिलन दाहाल, काठमाडौं
२०७६ चैत ४ मंगलबार १७:३८:००

शिक्षा मन्त्रालयकाे निर्देशनअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबार सकिदैँछ। मन्त्रालयले विद्यालय स्तरीय परीक्षा चैत ५ गतेभित्र सक्न निर्देशन दिएकाे थियाे । 

कोरोना भाइरसको संक्रमण बढेकाले परीक्षा सकेपछि विद्यार्थीलाई घरभित्रै बस्न शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आग्रह गरेका छन्। 

देशभर कक्षा नौसम्म अध्ययन गर्ने करिब ७० लाख विद्याथीलाई अत्यावश्यक काम बाहेक घर बाहिर नजान मन्त्री पोखरेलले मंगलबार सूचना जारी गर्दै आग्रह गरेका हुन।

कोरोना विश्वव्यापी रुपमा फैलिरहेको समयमा वार्षीक परीक्षा दिएर बसेका बालाबालिका घुमघामको लागि घरभन्दा बाहिर जाने चलन भएकाले सर्तकता अपनाउन यस्तो आग्रह गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । 

मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि विद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षीक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजानिक, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा भेला नगर्न सबै विद्यालय तथा अभिभावकहरूलाई आग्रह गरिएको शर्माले जानकारी दिए । 

परीक्षा दिएर बसेका कक्षा नौ सम्मका विद्यार्थीहरू नयाँ शैक्षिकसत्र सुरु नभएसम्म परिवारसँग रहने हुँदा विशेष ध्यान दिन मन्त्रालयले अभिभावकलाई समेत आग्रह गरेकाे छ। 

पुर्वनिर्धारित समयमै एसइई परीक्षा 
परीक्षा सञ्चालनको सबै तयारी पुरा भइसकेको जनाउँदै मन्त्री पोखरेलले एसइई परिक्षा पूर्वनिर्धारित समयमै हुने स्पष्ट पारेका छन्। चैत ६ देखि सुरु हुने परीक्षा १७ गते सकिन्छ । 

देशभरका १९ सय ९५ केन्द्रमा सञ्चालन परीक्षामा कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी समावेश हुँदैछन्। स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालाहरूसँगको परार्मश र छलफल पश्चात उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोभल कोरोना रोगको रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समितिमा भएको छलफल तथा विश्लेषणका आधारमा एसइई परीक्षा पूर्व निर्धारित समय तालिकामा नै पर्याप्त सावधानी अपनाएर सञ्चालन गर्न लागिएको हो। 

केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन ७ सय ५३ वटै स्थानीय तहहरूलाई शिक्षामन्त्रालयले अनुरोध गरेको जनाएको छ। कोरोना संक्रमण रोकथाम गर्न र एसइई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने शिक्षा मन्त्रालयको लक्ष्यलाई परा गर्न सबै विद्यार्थी तथा अभिभावकहरुलाई सर्तक रहन र सधैँँ साबुन पानीले हात धुन आग्रह गरिएको छ। 


कलेज परिर्वतन गर्न चाहाने विद्यार्थीलाई एनओसी जारी गर्ने 
भारतमा एमविविएस र एमडिको परिक्षा दिन फारम भर्ने प्रयोजनका लागि र विदेशमा पढि रहेका नेपाली विद्यार्थीले विषय परिवर्तन वा कलेज परिवर्तन गर्न चाहेको अबस्थामा नेपालमा निजका अभिभावकले आवेदन दिएमा नो अब्जेक्सन लेटर जारी गर्ने प्रवन्ध मिलाइएको मन्त्रीले जनाएका छन ।  

अन्यको हकमा नियमित अनुगमन  र मुल्याङ्कन गरी चाँडैँ मन्त्रालयले यस कार्यलाई  सहज गराउनेमा मन्त्री पोखरेलले प्रतिवद्धता जनाएका छन् । 
३० अप्रिल २०२० सम्मका लागि संक्रमण फैलिएका देशहरुमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि नो अब्जेक्सन लेटर (एनओसी) जारी नगर्ने निर्णय गरिएको छ ।