मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरस रोकथामका लागि नाकामा कडाइ जरुरी : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार १२:४३:००

कांग्रेस सभापति शेरबहादुर देउवाले सीमानाकामा कडाइ नगरे जुनसुकै बेला कोरोना भाइरस नेपाल भित्रिन सक्ने औंल्याएका छन् ।

देउवाले मंगलबार विज्ञप्ति जारी गर्दै सम्भावित जोखिम सामनाका लागि दक्ष जनशक्ति, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियूसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने बताए । 

कोरोना सन्त्रासकै बेला बढेको कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरकाएका छन् । 

सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको उनले बताएका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न आवश्यक रहेको उल्लेख छ । 

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आए निम्न आय भएका मानिसलाई राहतको योजना ल्याउन देउवाले सरकारसँग अपिल गरेका छन् । 

विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्ने गरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै देउवाले कोरोनाको सामना गर्न सबै एक हुन अपिल गरेका छन् ।