मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ चैत ४ मंगलबार ११:२८:००
Read Time : < 1 मिनेट
विश्व

कोभिड-१९ बाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत ४ मंगलबार ११:२८:००

स्पेनिस फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पछि चिकित्सकहरुले २१ वर्षीय प्रशिक्षकमा रक्त क्यान्सर पनि भएको पत्ता लगाएका थिए । 

ग्रासिया मलागाको एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका प्रशिक्षक थिए । उनमा भाइरस संक्रमणका गम्भीर लक्षण देखिएपछि अस्पताल लगिएको थियो । केही दिनको उपचारपछि आइतबार उनको मृत्यु भएको थियो । 

उपचारमा संलग्न डाक्टरहरुले ग्रासिया क्यान्सरबाट ग्रसित नभएको भए बाँच्न सक्ने बताएका छन् । स्पेनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि संकटकाल घोषणा गरिएको छ । यो युरोपको सबैभन्दा बढी प्रभावित दोस्रो देश हो । यहाँ संक्रमितको संख्या ८ हजार पुगेको छ भने २ सय ९७ को मृत्यु भएको छ ।