मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ४ मंगलबार ०६:३८:००
Read Time : < 1 मिनेट
अर्थ

डिसहोमले सुरु गर्‍यो ‘सुनौलो तारा’ रियालिटी सो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ४ मंगलबार ०६:३८:००

डिसहोमले निम्न आर्थिक अवस्था भएका बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सुनौलो तारा नामक रियालिटी सो प्रसारण थालेको छ । नेपालभरका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४ सयभन्दा बढीको अडिसनबाट छानिएका ४० जनाले कार्यक्रममा प्रतिभा प्रस्तुत गर्ने बताइएको छ ।

कार्यक्रम डिसहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता शुक्रबार र शनिबार राति ८:३० बजे प्रसारण हुने बताइएको छ । सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको कार्यक्रमलाई सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः ५ लाख, ३ लाख र १ लाख रुपैयाँ पुरस्कार पाउने डिसहोमले जनाएको छ ।