१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ११:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध (भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ११:४४:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन सञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरेर सदनको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताइन् । उनले भनिन् ‘यो सरकारले खोजेको के हो ? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो ?’

अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले दुई अस्पतालको बारेमा खाजेर हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे ।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डे पाण्डेले भने ‘स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो । ९ वटाको भयो २ वटाको वारेमा किन निर्णय  भएरन ? किन गरिएन ? के कारणले गरिएन ? अब दुई वटा अस्पताल कहा रहन्छन् त ? संघिय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो । प्रष्ट निर्णय नभएसम्म सदनको कारवाही अघि नबढाईयोस् ।’

आसन ग्रहणका लागि अध्यक्षको पटक पटकको आग्रहपछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेका छन् ।