१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका धनगढी
२०७६ चैत ४ मंगलबार ०७:२२:००
Read Time : < 1 मिनेट
समाचार

संसद् सञ्चालन गर्न प्रतिपक्षीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ चैत ४ मंगलबार ०७:२२:००

सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दलहरूले संसद् सञ्चालन गर्न माग गरेका छन् । प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै प्रदेश सभा बैठक सञ्चालन गर्न माग गरेका हुन् ।

संसद् नबस्दा समसामयिक विषयमा सदनमा छलफल गर्न र सरकारको ध्यानाकर्षण गर्न नपाएको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए । कञ्चनपुरमा लालपुर्जा भएको जमिन भारतमा परेको, कोरोनाको त्रास, विकास निर्माणमा भइरहेको ढिलाइ र अनियमिततालगायत जनसरोकारका विषयमा धारणा राख्न नपाइएको भन्दै उनले तत्काल बैठक बोलाउन माग गरे । 

राजपा संसदीय दलका नेता कृष्णकुमार चौधरीले सदनलाई लामो समय बन्द राख्न नहुने बताए । ‘सीमा, अपराध, कोरोना, सरकारका निकायमा भएका आर्थिक अनियमितता आदि समसामयिक विषय सदनमा उठाउन चाहेका छौँ । सदन सञ्चालन गर्नुप¥यो,’ चौधरीले भने । आलोचना छल्न पनि सरकारले सदन सञ्चालन गर्न नखोजेको प्रतिपक्षीको आरोप थियो ।