१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ४ मंगलबार ०७:३०:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोना त्रासले १५ लाख निर्माण मजदुर घर फर्के

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ४ मंगलबार ०७:३०:००

नेपालको निर्माण क्षेत्रमा वार्षिक ४५ लाख मजदुरले काम गर्ने नेपाल निर्माण व्यवसायी महासंघको अनुमान छ । त्यसमध्ये ३० लाख नेपाली छन् । विदेशीमध्ये अधिकांश भारतीय र बंगलादेशी रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए । तर, कोरोनाको क्रासले करिब १५ लाख कामदार घर फर्किएको उनले जानकारी दिए । भारत, बंगलादेश र तराईका कामदार होलीमा घर गएपछि फर्किएका छैनन् ।

आयोजनामा बाह्रै महिना काम नहुने कारण चाडपर्व तथा घरमा अत्यावश्यक काम पर्दा मजदुरहरू घर जाने गर्छन् । तर, अहिले कोरोना भाइरसको त्रासले मजदुरहरू सम्पर्कमा रहे पनि काममा फर्किन नमानेको निर्माण व्यवसायीहरूको भनाइ छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गस्थित नारायणगढ–बुटवल सडक विस्तार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र जलविद्युत् आयोजना निर्माणको काम प्रभावित छ । अझ चिनियाँ सहयोग र संलग्न भएका आयोजनाको काममा असर परेको छ ।  

समूहमा काम गर्नुपर्ने भएको निर्माण क्षेत्रका कामदारमा त्रास बढेको हो । तर, कोरोनाजस्तो संक्रमणबाट जोगिन व्यवसायीले अहिलेसम्म त्यस्तो कुनै तयारी गरेका छैनन् । ‘दैनिक ज्यालादारी कामदार कोरोनाको त्रासमा छन्, तर जाँच गर्ने वा अन्य कुनै तयारी गरिएको छैन,’ महासंघका अध्यक्ष सिंहले भने । 

कोरोना त्रासका कारण यात्रुको संख्या घट्दै गएको छ । यसले सार्वजनिक सवारीसाधनमा कार्यरत ८ लाख चालक, सहचालक, व्यवसायी प्रभावित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सवारीसाधन नियमित सञ्चालन नहुँदा वर्कसप, मोटरपार्टस्, पम्पमा समेत असर गर्नेछ । 

यातायात सञ्चालनबारे सरकारको धारणा माग

कोरोना भाइरसका लागि सार्वजनिक यातायात उच्च जोखिमको क्षेत्र भए पनि सरकार तथा व्यवसायीले त्यसबाट जोगिने कुनै तयारी गरेको छैन । त्रास बढ्दै गर्दा अहिले अन्योल सिर्जना भएको महासचिव सिटौलाको भनाइ छ । उनले भने, ‘कि त यातायात सञ्चालन बन्द गर भन्नुप¥यो, चलाउने हो भने कसरी सञ्चालन गर्ने प्रस्ट गर्नुपर्‍यो ।’