१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ चैत ३ सोमबार १९:३३:००
Read Time : > 1 मिनेट
समाचार

सिटौलाको गुटभेलामा देउवाको आलोचना 

Read Time : > 1 मिनेट
रमेश दवाडी, काठमाडौं
२०७६ चैत ३ सोमबार १९:३३:००

कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षको गुट भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ । सोमबार राजधानीमा आयाेजित गुट भेलामा देउवाको कार्यशैलीको आलोचना भएकाे हाे । भेलामा सिटौला, गगन थापा, प्रदीप पौडेल, शिवप्रसाद हुमागाँई, भीमसेनदास प्रधानले देउवाको आलोचना गरेका थिए । 

पार्टीमा तेस्रो गुट भनेर चिनिने सिटौला समुहले देउवा र पौडेले समूहभन्दा फरक शैली र विचारको रहेको दाबीसमेत गरे । 

देउवा र पौडेलमा पुरानौ विचारको ह्याङओभर : सिटौला
नेता सिटौलाले पार्टीमा नयाँ विचार, व्यवहार र आचरणको आवश्यकता रहको औंल्याए । देउवा र पौडेलमा पुरानै सोचको ह्याङओभर रहको बताउँदै सिटौलाले त्यसबाट बाहिर निस्कन आग्रह गरे । 

उनले भने, ‘देशको परिस्थिति नयाँ छ । साथीहरूको चाहना नयाँ छ । जनताले हामीलाई नयाँ रूपमा हेर्न खोजेकाछन् । विचार, व्यवहार र आचरणले नयाँ नबन्ने हो भने नयाँ व्यवस्थालाई हाँक्ने कसरी ?’ 

देउवामा सबै कार्यकर्तालाई एकताबद्ध गराउने कौशल नभएका कारण पार्टी विना गतिको, विना कार्यक्रमको बनेको बताए । 

‘जुन स्थितिमा पार्टी हिंड्न खोजेको छ, त्यो लुलो ढंगले अगाडि बढ्न सकिदैन,’ सिटौलाले भने, ‘यस्तो अवस्थाबाट पार्टीलाई निकाल्नुपर्छ ।’ देउवातर्फ इंगित गर्दै नेता सिटौलाले एक्लै हिंडेर कतै नपुगिने भएकाले सबैलाई साथमा लिएर हिड्न सुझाव दिए । 

विधान विपरित निर्णयमा थपडि बजाउन सकिंदैन : गगन थापा 
भेलामा केन्द्रीय सदस्य गगन थापाले भने, ‘सभापतिको मुख्य जिम्मेवारी अधिवेशन गराउने हो । उहाँको सफलता, अससफलता भनेको तोकिएको समयमा अधिवेशन गराउने कुराले निर्धारण गर्छ ।’ 

पार्टीको विधान विपरित दर्जनौं विभाग बढाउने निर्णय गलत भएको उनले बताए । विधान विपरितका निर्णयमा थपडि बजाउन नसकिने उनले स्पष्ट पारे । 

‘अधिवेशन सुरू भइसक्यो । क्रियाशील सदस्यता बाँड्न थालियो । अहिले आएर पार्टीको विभाग बनाउन थालियो । त्यो विभाग पनि कतिवटा बनाउने ? विधानमा लेखिएकोभन्दा दर्जनौं विभाग बनाउने ?, थापाले प्रश्न गरे, ‘यो बेलामा विभाग बनाउने अनि त्यो विभाग चलाउने निर्याणयमा थपडी बजाएर हो भनिदिनुपर्ने ?’

अर्का नेता प्रदीप पौडेलले पार्टीको १४ औं महाधिवेशनको मिति तय भइसक्दासमेत समायोजनको काम पूरा नगरेबाट महाधिवेशन तोकिएकै मितिमा हुनेमा शंका व्यक्त गरे । 
 

पार्टीको आलोचना बढ्यो : भीमसेनदान प्रधान 
नेता भिमसेनदान प्रधानले पार्टीको आलोचना बढेकाले एकताबद्ध भएर जानुपर्ने धारणा राखे ।  

‘पार्टीको आलोचना बढेको छ । प्रतिपक्ष कमजोर भयो भनेका छन्,’ प्रधानले भने, ‘सञ्चारमाध्यममा आलोचना भइराखेको छ । कांग्रेसलाई माया गर्ने, आस्था राख्नेहरू चिन्तित छन् । पार्टीमा एकताको खाँचो छ ।’