मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ३ सोमबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार

सिञ्जाको हिमामा हेल्थ डेक्स स्थापना

Read Time : < 1 मिनेट
२०७६ चैत ३ सोमबार १४:४७:००

जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउपालिकाले मुगुको रारा ताल जाने मुलबाटोमा हेल्थ डेक्स स्थापना गरेको छ । सुर्खेत कालिकोट हुदैँ कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्ड अन्तर्गत राराताल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरी हेल्थ डेक्स स्थापना गरिएको हो । 

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरेको जानकारी दिए । 

डेक्सले माक्स वितरण गर्नुका साथै स्वास्थ्य समस्या बारेमा जाँच गर्ने छ । कर्णालीमा प्रमुख पर्यटकीय गन्तब्य राराताल जाने मुख्य सडक भएकोले हेल्थ डेक्स स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताए । 

उनले भने, ‘अहिले जताततै कोराना भाइरसको सन्त्रास छ । जतिबेला पनि जस्तो सुकै स्वास्थ्य समस्या आउन सक्छ, त्यसैले गाउँपालिका कार्यालसंगै हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौं ।’ 

यसअघि जुम्लामा बसेको सरोकारवालाको बैठकले जुम्ला कालिकोटको सिमाना, जुम्ला मुगुको सिमाना, जुम्ला डोल्पा र जुम्ला जाजरकोटको सिमानामा हेल्थ डेक्स राख्ने निर्णय गरेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पनि कोराना भाइरस संक्रमणलाई मध्यनजर गरी १० वटा शैया छुट्याएको छ । 
विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल समेत बनाएको छ ।