मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत ३ सोमबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७६ चैत ३ सोमबार ११:३५:००

सवारी दुर्घटनामा परेर कञ्चनपुरमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।  गएराती पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत  कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डरचौकी भुजेलामा उनी चढेको मोटरसाइकललाई  ट्याक्टरले ठक्कर दिंदा सशस्त्र प्रहरी हवल्दार खगेन्द्र जोशीको मृत्यु भएको हो ।

 कञ्चनपुर प्रहरीका अनुसार महाकालीबाट बालुवा बोकेर जाँदै गरेको  म १ त १११० नम्बरको ट्याक्टरले म२प  १११२ को मोटरसाईकललाई ठक्कर दिएकाे थियाे । ठक्करपछि घाइते उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सोही मोटरसाइकलका सवार अर्का स्थानीय हरि जोशी घाइते भएका छन् । ट्याक्टरको ठक्करबाट घाइते दुवै जनाको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भारत लैजाने क्रममा खगेन्द्रको मृत्यु भएको हो भने हरिको भारतीय अस्पतालमा उपचार भइरहेको छ । 

मृतक जोशी भीमदत्त नगरपालिका १० जिमुवाका स्थानीय हुन् । उनी सशस्त्र प्रहरी बल ५ नम्बर प्रदेश कपिलवस्तुमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार चालकको खोजिकार्य भइरहेको छ । ट्याक्टर मालिक मानसिंह ठगुन्नालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  पीडित पक्षले भने वास्तविक दोषिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।