मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ३ सोमबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार

युनिभर्सल मेडिकल कलेजमा बिरामीको मृत्यु भएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

Read Time : < 1 मिनेट
२०७६ चैत ३ सोमबार १०:५८:००

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरमाथि आक्रमण गरेका छन् । नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको सोमबार बिहान ८ : १० बजे मृत्यु भएपछि अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले डाक्टरमाथि कुटपिट गरेका हुन् । 

टाउकोमा रगत जमेका कारण आइसियू कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो ।  आइसियूमै उनको निधन भएपछि सोही कक्षमा रहेका डाक्टरमाथि आफन्तले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते डाक्टरको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

त्यस्तै आक्रोशित समूहले बाहिर निस्किएका अन्य १५ जना डाक्टरमाथि पनि कुटपिट गरेका छन् । अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ ।