१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत ३ सोमबार ११:०८:००
Read Time : > 1 मिनेट
समाचार

असिनापानीले बेमौसमी तरकारी खेती नष्ट 

Read Time : > 1 मिनेट
२०७६ चैत ३ सोमबार ११:०८:००

असिनापानीले सल्यान कपुरकोट क्षेत्रको बालीनालीमा क्षति पु-याएपछि किसानहरू चिन्तित बनेका छन् । कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा लगाइएको तरकारी, फलफूल र अन्नबालीमा असिनापानीले ठूलो क्षति पु-याएको हो । कपुरकोट–१ मा गरिएको लसुन खेती पूर्ण रुपमा नष्ट भएको वडा सदस्य बमबहादुर कुवरले बताए ।

बाँजबोट तथा लापुगाउँका २० घरभन्दा बढी किसानले लगाएको लसुनमा पनि असिनापानीले क्षति पु¥याएको छ ।  ३ सय रुपैयाँ प्रतिकिलोमा किनेर रोपेको लसुन शनिबार परेको असिनापानीले सखाप पारेको कृषक ओजबहादुर खड्काले बताए । 

उनले भने, ‘मैले ३ रोपनी जमिनमा लसुन लगाएको थिएँ, असिनाले सबै सखाप पार्याे । हाम्रो गाउँमा गहुँ बालीमा पनि क्षति गरेको छ । नयाँ बनेको सकड पनि सबै भत्किएको छ ।’ यस्तै कपुरकोट ३ पाखापानीका किसान भिम बहादुर बुढाले आफ्नो १ लाख ५० हजार बढिको तरकारी खेतीमा क्षति पुगेको बताए । उनले भने, ‘हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो । ६ रोपनीमा लगाएको काउली, टमाटर र केराउ सबै खत्तम भयो ।’ 

कपुरकोट ५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । उनले दाना लागेका कागती सबै झारेको र अनार खेतीमा पनि क्षति पुगेको बताए । कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष टंक नेपालीका अनुसार कपुरकोट ५ कै सल्लाम सिन्दुरीलगायतका क्षेत्रमा असिनापानीले भर्खरै राखेको तरकारीको ब्याडमा नोक्सान गरेको छ । यस्तै कपुरकोट ३ लामिडाँडामा पनि चना खेतीमा असिनाले क्षति पु-याएको छ । 

तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलाई असिनापानीले ठूलो क्षति पुर्याएपछि उनीहलाई परिवार पाल्ने समस्याले पिरोलेको छ । उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा कपुरकोट ५ का किसान टोपेन्द्र केसीले गत वर्ष पनि क्षति व्यहोरेका किसानहरुले स्थानीय सरकार तथा केन्द्रबाट क्षतिपूर्ति नपाएको गुनासो गरे ।