१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत ३ सोमबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार

समाजसेवी गुरूङ सम्मानित, पुरस्कारको रकम बालविकास केन्द्रलाई प्रदान

Read Time : < 1 मिनेट
२०७६ चैत ३ सोमबार १०:२३:००

वरिष्ठ समाजसेवी सानुमाया गुरूङलाई मानव अधिकार यशकुमारी जिसी पुरस्कार-२०७६ बाट सम्मानित गरिएको छ । मानव अधिकार पत्रकार संघ (हुर्जा) गण्डकी प्रदेशको १० औं वर्षगाँठ तथा चौथो अधिवेशन, स्मारिका लोकार्पणका अवसरमा शुक्रबार उनलाई सम्मान गरेको हो ।  

गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीराज शर्मा पौडेल, विशेष अतिथिद्वय पोखरा महानगरपालिका १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निमित्त निर्देशक नितुु गर्तौला, उक्त पुरस्कारको अक्षयकोषका संस्थापक सीताकुमराी जिसी, आयोजक संस्थाका अध्यक्ष राजेश पराजुली लगायतले सम्मान गरेका हुन् ।

उनीहरुले टिका, माला, दोसल्ला र नगद सहित उनलाई सम्मान गरेका हुन् । उक्त पुरस्कारको राशि १५ हजार १५ रुपैयाँ रहेको छ । आफुले पाएको रकम गुरुङले आदर्श महिला तथा बाल विकास केन्द्र बेसीशहरका सचिव हुमा गुरुङलाई तत्कालै प्रदान गरिन् ।  

१९९५ माघ १० जन्मिएकी सानुमायाले ०२९ सालदेखि महिला संगठनको संस्थागत नेतृत्व लिएर महिला अधिकारका साथै समाजसेवाका क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । उनीसँग महिला संगठन लजमुङको १७ वर्षसम्म अविछिन्न जिल्ला अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी लमजुङको जिल्ला सभापति (२०३४–०३८), गाउँ विकास समितिको अध्यक्ष जस्ता विभिन्न पदमा भएर समाजसेवा गरेको अनुभव छ ।  

साथै उनी ०४६ सालमा स्थपित आदर्श महिला सीप विकास केन्द्रको संस्थापक अध्यक्षसमेत हुन् । समाजसेवी गुरूङ ५७ सालदेखि मुठीदानबाट सुरु गरिएको अनाथ बालविकास केन्द्रको संस्थापक उपाध्यक्ष र वर्तमान अध्यक्षको जिम्मेवारी छन्। 

बालविकासका लागि एक करोड अक्षयकोष बनाउने अभियानको नेतृत्व गरेकी उनले ४० लाख रुपैयाँ आफैँले प्रदान गरेकी छन् । उक्त कोषमा अहिले ७१ लाख रकम जम्मा भइसकेको केन्द्रका सचिव हुमा गुरुङले बताइन् ।