१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार

भिडियो कन्फरेन्समा मोदीको आह्वान – कोरोनाविरुद्ध एकसाथ लडौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १८:५७:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सबै राष्ट्रहरु एकसाथ लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।

आइतबार साँझ दक्षिण एसिया क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्समा बोल्दै मोदीले कोरोना भाइरसको संक्रमणसँग डराउने भन्दा पनि एकसाथ लड्न अबको आवश्यकता रहेकाे बताए ।

‘कोरोना भाइरसको संक्रमणसँग डराउनु जरुरी छैन’ मोदीले भने ‘हामी सबैले यसको नियन्त्रणका लागि थप सावधानी अपनाउनु पर्छ ।’

सार्क राष्ट्रमा करिब १ सय ५० जति मात्रै संक्रमित भएको उल्लेख गर्दै यस विरुद्ध भारतमा सचेतना अभियान चलाएको पनि उनले बताए । उनले भने ‘करिब १ हजार ४ सय भारतीयलाई विदेशबाट उद्धार गरेर ल्याइएको छ ।

छिमेकी देशका केही नागरिकको उद्धारमा पनि सहयोग गरिएको छ’ उनले भने ।