१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १ शनिबार १४:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

काठमाडाैंका मेयरकाे गुनासाे : काम गर्न खाेज्दा अख्तियार र अदालत धाउने समूहबाट बाधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १ शनिबार १४:३६:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अख्तियार र अदालत धाउने समूहका कारण काम गर्न असहज भएको गुनासो गरेका छन् । उनले महानगरपालिकाको विकाससँग जोडिएका विषयमा अख्तियार र अदालत पनि सकारात्मक हुनुपर्ने बताए । 

‘विरालोलाई घण्टी बाँधेर श्राद्ध गर्ने परम्पराको अन्त्य हुनुपर्छ भन्ने मलाई लाग्छ,’ मेयर शाक्यले भने, ‘जनप्रतिनिधिका पनि केही समस्या र बाध्यताहरु हुन्छन्, त्यस्ता बाध्यतालाई सबैले बुझिदिनुपर्छ ।’

महालेखा परीक्षक कार्यालयका प्रतिनिधिसँगको छलफलमा मेयर शाक्यले जे काम गर्न खोजे पनि एउटा झुण्ड सधै अदालत वा अख्तियार पुगिहाल्ने कारणले कार्यसम्पादनमै अवरोध पुग्न थालेको बताए ।

‘हामीले हरि भवन रहेको स्थानमा महानगरपालिकाको आफ्नै भवन र बसन्तपुरमा दमकल भवन बनाउन चाहेका छौं, बजेट पनि विनियोजन भएको छ,’ उनले भने, ‘तर एउटा समूह छ, जसले उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ, अनि काम रोक्नुपर्छ ।’

मेयर शाक्यले कानुन र संविधानभन्दा कोही माथि नभएको भन्दै महालेखा परीक्षकको विधिभित्र बसेर काम गर्न कुनै समस्या नरहेको बताए । 

उनले जनप्रतिनिधिलाई पारिश्रमिक वा सेवा–सुवधा नदिने भन्ने कुरा सान्र्दभिक नभएको बताए । उनले भने, ‘श्रमिकले उसको श्रम अनुसारको पारिश्रमिक पाउनुपर्छ भनेर हामी लड्दै आएकाछौं,’ उनले भने, ‘जनप्रतिनिधिले पनि बिहानदेखि वेलुकासम्म जनताको घर–दैलोमा पुगेर काम गरिहेका हुन्छन् । यसरी अहोरात्र खट्ने जनप्रतिनिधिले पारिश्रमिक पाउनुपर्छ भन्ने मलाई लाग्छ ।’