मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा काबुल
२०७६ चैत १ शनिबार १२:५२:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा काबुल
२०७६ चैत १ शनिबार १२:५२:००

अफगानिस्तानमा काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमण १० व्यक्तिमा देखिएको छ । 

अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड–१९ सङ्क्रमणको  घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । 

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सात जना इरानबाट फर्किएका व्यक्तिहरु रहेका जनाइएको छ । यद्यपि तीन नयाँ कोरोना भाइरस सङ्क्रमितहरु बाहिरबाट आएको हो वा स्थानीय रुपमा सङ्क्रमित  भएका हुन तत्काल प्रष्ट भएको छैन् । 

काबुलमा राष्ट्रिय प्रयोगशालाहरूमा कूल ५२ संदिग्ध घटनाहरू अनुसन्धानरत रहेको जनाइएको छ ।