मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १ शनिबार १०:२८:००
Read Time : < 1 मिनेट
साहित्य

‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १ शनिबार १०:२८:००

विभिन्न क्षेत्रका संघर्षशील महिलाहरूको जीवनी समेटिएको पुस्तक ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक गरिएको छ । शुक्रबार पूर्वप्रधानमन्त्री  झलनाथ खनालले पुस्तकको विमोचन गरेका छन् ।

विभिन्न क्षेत्रमा महिलाहरूले दिएको योगदानबारे थाहा पाउनका ‘प्रेरणादयी महिलाहरू’ पुस्तक महत्वपूर्ण हुने उनले बताए । मोतीदेवी स्मृति केन्द्रले पुस्तक प्रकाशन गरेको हो । कार्यक्रममा केन्द्रकी अध्यक्ष एवं नेकपा स्थायी समिति सदस्य अध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्षौं संघर्ष गरेर विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान दिएका महिलालाई बिर्सिंदै जाने भएकाले पुस्तकमार्फत त्यस्ता व्यक्तित्वहरू खोज्ने गरेको बताइन् । पुस्तकको यो छैटौँ संस्करण हो । यसमा १८ जना महिलाबारे १८ जना लेखेका छन् । 

पुस्तकमा राजनीतिज्ञहरू मैयाँदेवी श्रेष्ठ, सांसद गोमा देवकोटा, कम्युनिस्ट पार्टीकी सेल्टरदाताहरू बालकुमारी थापा र पद्मा मानन्धर, लीलादेवी मण्डल, सुदूरपश्चिममा गोरु जोत्ने गंगुदेवी खडायत, सुदूरपश्चिमको पहिलो महिला सहिद भगवती चौधरी, उद्यमी पद्मासना शाक्य, कमला श्रेष्ठ, नृत्य विज्ञ बेटी बज्राचार्य, सर्वोच्च अदालतकी पूर्वन्यायाधीश गौरी ढकाल, सोलुखुम्बुकी सामाजिक अभियन्ता पेमा शेर्पालगायतबारे लेखिएको छ । यसको सम्पादन गरिमा शाह, लक्ष्मी बस्नेत र ममता गिरीले गरेका हुन् ।