मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

१७ लाख घुससहित कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १८:५२:००

रुपन्देहीस्थित नापी कार्यालयका नापी अधिकृतसहित चार कर्मचारी र दुई मतियार १७ लाख घुससहित पक्राउ परेका छन् । 

जग्गा कित्ताकाटका लागि घुस लिंदा लिंदै उनीहरु शुक्रवार पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

पक्राउ पर्नेमा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक नाथेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याल रहेको अख्तियारले जनाएको छ । 

उनीहरुले जग्गा कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १७ लाख रुपैयाँ घुस लिएका थिए । 

उनीहरु सिद्धार्थ नगरपालिका १३ स्थित अशोका होटल नजिकबाट पक्राउ परेका हुन् ।