मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १४:२७:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय प्रधानमन्त्री मोदीकाे सार्कका नेतालाई आग्रह, 'कोरोना भाइरस रोमथामका लागि एकजुट होऔं' 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १४:२७:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाली देशहरु कोरोना भाइरसविरुद्ध लड्न एकजुट हुनुपर्ने बताएका छन् ।  

बिहीबार दिउँसाे ट्वीट गर्दै प्रधानमन्त्री मोदीले छलफलमार्फत् नागरिकलाई स्वस्थ राख्नका लागि पहल गर्न सकिने बताएका छन् । 

मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नेताहरूबीचको यस्तो साझेदारीले विश्वका लागि उदाहरण र योगदान पेश गर्न सक्ने उल्लेख गरेका छन् ।  

उनले ट्वीटमा लेखेका छन्– ‘हाल संसार  नै नोबल कोरोना भाइरसको संक्रमणसँग लडिरहेको छ। विभिन्न तहमा नागरिक र सरकारले यो लडाइँमा आ–आफ्नो क्षेत्रबाट यथासक्य प्रयास गर्दै छन्। विश्व जनसंख्याको एक उल्लेख्य हिस्सा बसोबास गर्ने दक्षिण एशियामा पनि आफ्ना नागरिकलाई स्वस्थ राख्न हामीले सबै प्रयास गर्नुपर्छ ।’

I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.

We could discuss, via video conferencing, ways to keep our citizens healthy.

Together, we can set an example to the world, and contribute to a healthier planet.

— Narendra Modi (@narendramodi) March 13, 2020

पछिल्लाे समय भारतले सार्कलाई वेवास्ता गर्दै आएकाे थियाे । १९औँ सार्क सम्मेलन पाकिस्तानमा हुनुपर्ने भए पनि भारतले वेवास्ता गर्दा हुन सकेकाे छैन् । काेराेना भाइरसले विश्वभरी आतंक फैलाएपछि त्यसविरुद्व एकजुट भएर लड्नका लागि माेदीले सार्कका नेताहरुलाई ट्वीटमार्फत आग्रह गरेका हुन् ।