१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०८:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

बालुवाटारलाई क्रिकेट उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०८:१०:००

बालुवाटार क्रिकेट क्लबले महावीर क्लबलाई ६ विकेटले हराउँदै बिहीबार काठमाडौं जिल्ला सिनियर छनोट प्रतियोगिताको उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको महावीरले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा १५६ रन बनाएको थियो । प्रत्युत्तरमा बालुवाटारले ३८.४ ओभरमा चार विकेटको क्षतिमा १६३ रन जोड्दै उपाधि जित्यो । 

बालुवाटारको जितमा ओपनर सुमन उदय र सोनु तामाङले अर्धशतकीय इनिङ्स खेलेका थिए । सुमनले रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिनुअघि ८२ बलमा ५० रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा सात चौका प्रहार गरेका थिए । अविजित रहेका सोनुले ५८ बलको सामना गरी ५२ रन बटुले । उनले ६ चौका र दुई छक्का प्रहार गरेका थिए । महावीरका लागि ज्योति भण्डारी, चन्द्रकुमार, दीपेन्द्र मैनाली तथा जितेन्द्रसिंह ठकुरीले समान एक विकेट लिएका थिए । 

यसअघिको ब्याटिङ इनिङ्समा महावीरका लागि दोस्रो ओपनर ब्याट्सम्यान बीभत्सु थापाले सर्वाधिक ६७ रन बनाएका थिए । उनले १४९ बल सामना गरी ६ चौका र एक छक्का प्रहार गरे । पुछारका ब्याट्सम्यान दीपेन्द्र मैनालीले २३ तथा सन्जम रेग्मीले १५ रन बटुलेका थिए । बलिङमा सोनु तामाङले ८.१ ओभरमा ३५ रन खर्चेर चार विकेट लिए ।

उत्कृष्ट खेलाडी

ब्याट्सम्यान

नरेश चौधरी (न्यु भिसन)
तीन खेल, १६५ रन

बलर

उज्ज्वल थापा (केसिटिसी)
दुई खेल, नौ विकेट

म्यान अफ द सिरिज
सुमन उदय  (बालुवाटार)
१२३ रन, नौ विकेट