१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका बारा
२०७६ फाल्गुण ३० शुक्रबार ०७:१३:००
Read Time : < 1 मिनेट
अर्थ

‘आयात गर्न अयोग्य’ चिनी भन्सारबाटै भित्रियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बारा
२०७६ फाल्गुण ३० शुक्रबार ०७:१३:००

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय महोत्तरीले आयात गर्न अयोग्य भनेको चिनी भन्सारबाटै नेपाल भित्रिएको छ । यसरी भित्रिएका तीन ट्रकमा ७२ टन चिनी रहेको छ । 

आयात गर्न अयोग्य भनेको चिनी नेपाल भित्रिएको सूचना उपभोक्ताहित संरक्षण मञ्च, नेपाल मकवानपुरको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय, पथलैयाले चिनी लोड भएका ट्रक नियन्त्रणमा लिएको हो । प्रमाणीकरण कार्यालयले फेब्रुअरी २०२० मै म्याद गुज्रेको भन्दै जलेश्वर भन्सार कार्यालयलाई ०७६ फागुन २५ गते पत्र पठाएको थियो । 

‘गुणस्तर प्रमाणीकरण कार्यालयले म्याद गुज्रेको र अखाद्य भनी पत्र बुझाउँदासमेत भन्सार प्रमुखले नेपाल भित्र्याउन सहयोग गरेको देखिन्छ,’ उपभोक्ताहित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष मदनप्रसाद रिमालले भने, ‘जानाजान गाडी छोडेको पाइए पनि उनी दोषी देखिन्छन् ।’पक्राउ परेका तीनवटै ट्रक पथलैयास्थित चेकपोस्टबाट राजस्व अनुसन्धान कार्यालय, बाराले नियन्त्रणमा लिएको हो ।