मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गुठी विधेयकबारे आन्दोलन होइन राज्यलाई स्पष्ट पार्नुहोस् : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:२७:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयकबारे आन्दोलन गरेरभन्दा आफ्ना कुरा सरकारलाई स्पष्ट पार्न जोड दिएका छन् । प्रत्येक वर्ष इन्द्रजात्राका वेला निकालिने दिप्याखं (देवीनाच) को आगंछेँ (आगमघर) शिलान्यास गर्दै बिहीबार उनले यस्तो सुझाब दिएका हुन् । 

उनले गुठीलाई कसरी बलियो बनाउन सकिन्छ त्यसबारे सरोकारवालाको अवधारणा ल्याउन प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले पटक–पटक अनुरोध गरेको स्मरण पनि गराए । ठोस अवधारणा तयार गर्न नसक्दा समस्या भएको उनको भनाइ छ ।  उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षण गर्न अब कसैले आन्दोलन गर्नुपर्दैन, सीधै वडाकार्यालय र महानगरपालिकामार्फत काम गर्न सकिन्छ ।’ काठमाडौं महानगरपालिकाले नगरका ३२ वटै वडामा सांस्कृतिक सम्पदा बनाइरहेको र छुटेको भए खबर गर्न उनले आग्रह पनि गरे । 

उनले महानगरपालिका मूर्त–अमूर्त सम्पदा संरक्षणमा लागिरहेको र सम्पदा संरक्षणमा सहयोग गर्न महानगर तयार रहेको प्रस्ट पारे । तर, महानगरपालिकाले सहयोग गर्छु भन्दा पनि महानगरपालिकाको सहयोग लिनु हुँदैन भनेर केहीले हल्ला गर्ने गरेको र त्यसका पछि नलाग्न पनि आग्रह गरे । ‘म यही ठाउँमा जन्मिइ, हुर्किएको नागरिक हुँ, यहाँको सम्पदाका बारेमा म राम्रो जानकार छु,’ उनले भने, ‘मेरो कार्यकालमैै यहाँका मन्दिर, चैत्य, वहा, बही, आगंछेँ निर्माण–पुनर्निर्माण सक्ने गरी लागिपरेको छु ।’