१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ फाल्गुण २९ बिहीबार २०:२५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका दुई कार्यकता पक्राउ

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २९ बिहीबार २०:२५:००

गोरखामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ परेका छन् । 

गोरखा नगरपालिका ९ लक्ष्मीबजारबाट बुधबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा रोल्पा सुनछहरि गाउँपालिका ६ का ३९ वर्षीय पुर्ण जित पुन र तनहुँ बन्दिपुर गाउँपालिका ५ का २१ वर्षीय पर्वतबहादुर सेढाई रहेको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार पुन विप्लब समूहको तनहुँ जिल्ला ईन्चार्ज हुन् भने सेढाई पर्वत जिल्लाको विप्लव समूहका कार्यकर्ता हुन । 
उनीहरु विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरी थप अनुसन्धान भइहरहेको प्रहरीले जनाएको छ ।