मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २९ बिहीबार १७:४८:००
Read Time : < 1 मिनेट
खेलकुद

फुटबल खेलाडी रोनाल्डो क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २९ बिहीबार १७:४८:००

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा बसेका छन् । इटालीको युभेन्ट्स क्लबबाट खेल्ने पोर्चुगलका फुटबल खेलाडी रोनाल्डो आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । 

युभेन्ट्सका अर्का खेलाडी ड्यानियल रुगानी कोरोना भाइरसबाट संक्रमित भएपछि रोनाल्डो मडेइरास्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसेका हुन् । रोनाल्डो आमालाई स्ट्रोक भएपछि पोर्चुगल गएका थिए । रुगानी भाइरसबाट संक्रमित भएको थाहा पाएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका हुन् । 

आइतबार इटालियन लिगको शीर्ष स्थानका लागि भएको खेलमा इन्टर मिलानलाई युभेन्ट्सले २–० ले हराएको थियो । खेल जितेपछि उनीहरुले सँगै खुशी मनाएका थिए । इटालीका स्वास्थ्य निकायले जारी गरेको नियमअनुसार रुगानीसँगै भएका अन्य खेलाडीहरू पनि क्वारेन्टाइनमा बस्नु पर्ने भएका छन् । 

रुगानीले इन्स्टाग्राममा पोस्ट गर्दै आफू ठिक रहेको र उपचार गराइरहेको बताएका छन् । साथै उनले कोरोना भाइरसको प्रकोपलाई कम गर्न सरकारले लागू गरेका नियमको पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् । भाइरसको कारण इटालीमा अप्रिल ३ सम्मका लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।