मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १६:३५:००
Read Time : > 1 मिनेट
अर्थ

सेयर बजार सीमित पूँजीपतिहरुको कारोवारको थलाे मात्र होइन् : अर्थमन्त्री खतिवडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १६:३५:००

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएका छन् । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले सेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सीमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरे । 

उनले नेपालको धितोपत्र बजारमा १५/१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए । 

उनले भने ‘केही हजारको पूँजी पनि बैंकमा निक्षेप राख्ने कि ? सेयर बजारमा सेयर किन्ने कि ? सानो व्यवसाय केही गर्ने कि ? भन्ने छनौट गर्ने एउटा आधार पाउनु भएको छ पूँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ ।’ 

उनले प्रस्तावित विधेयक, पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताए । 

उनले विधेयकको उद्देश्य सम्पूर्ण प्रणालीलाई नियन्त्रण गर्ने नभई नियमनलाई  प्रभावकारी बनाउने रहेको बताए । 

मन्त्री खतिवडाले लगानीकर्ताले पनि कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नु पर्नेमा जोड दिए ।  

कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दै उनले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गन सुझाव दिए । उनले अल्पकालिन स्थितिकै आधारलाई हेरेर दीर्घकालिन सोच बनाउन नहुने समेत बताए । 

विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नु भन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने सुझाव दिए ।

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षाका लागि थप व्यवस्था गर्नु पर्ने बताए । 

सांसद रामकुमारी झाँक्रीले बजारमा भएका नकारात्मक खेललाई नियन्त्रण गर्ने निकायका रुपमा धितोपत्र वोर्ड नै भएकाले यसलाई बलियो बनाउनु पर्नेमा जोड दिइन् । 

पूँजीबादी दुनियाँमा बजार अर्थतन्त्रलाई स्वीकार गर्दा पूँजी निर्माणको महत्वपूर्ण अधार शेयरबजारलाई व्यवस्थित गर्नुपर्ने भनाई उनको थियो ।