१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ

क्विक भुक्तानीका प्रथम प्रयोगकर्ता एफवानबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०६:१९:००

एफवान सफ्ट इन्टरनेसनलले ‘क्विक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्तालाई सम्मान गरेको छ । एफवानले अनलाइन इनभ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको औपचारिक सुरुवातको घोषणा गरेसँगै प्रथम प्रयोगकर्ताहरूलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरूमा प्रथम बैंकका रूपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीका रूपमा हामा कन्स्ट्रक्सन प्रालि र प्रथम विक्रेता कम्पनीका रूपमा बिएल स्टिल प्रालि छन् । 

सम्मानित हुनेहरूमा प्रथम बैंकका रूपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीका रूपमा हामा कन्स्ट्रक्सन प्रालि र प्रथम विक्रेता कम्पनीका रूपमा बिएल स्टिल प्रालि रहेका छन्

‘क्विक भुक्तानी’ युकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो । आबद्ध बैंकहरूले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इनभ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँछन् । साथै, एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ । ‘क्विक भुक्तानी’ अनलाइन प्लेटफर्ममार्फत विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सामान तथा सेवा लिने कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने काम गर्दछ ।  

 सप्लायरले प्लाटफर्म प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउनेछन । त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउने व्यवस्था रहेको एफवानले जानकारी दिएको छ । हाल क्विक भुक्तानी प्लेटफर्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंक पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्विक भुक्तानी’ सान्दर्भिक र लाभदायक हुने विश्वास एफवान सफ्टले लिएको छ ।