१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०९:२७:००
Read Time : < 1 मिनेट
खेलकुद

पाटनलाई टी–२० क्रिकेट उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार ०९:२७:००

पाटन बहुमुखी क्याम्पसले बुधबार आठौँ बिएससी सिएसआइटी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि  जितेको छ । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पाटनले एकेडेमियालाई सात विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । 

पहिलो ब्याटिङ गरेको एकेडेमियाले २० ओभरमा आठ विकेटको क्षतिमा ९८ रन बनायो । प्रत्युत्तरमा पाटनले १४.४ ओभरमा तीन विकेटको क्षतिमा १०१ रन जोड्यो । एकेडेमियाका लागि मधुसूदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । पाटनको ब्याटिङमा हिमाल ज्ञवालीले २५ र सुनील खड्काले नटआउट २४ रन जोडे । 

बलिङमा एकेडेमियाका चिन्तामणि विश्वकर्माले १६ रन खर्चिंदै दुई विकेट हात पारे । पाटनका चक्र तिम्सिना म्यान अफ द सिरिज घोषित भए । चक्रले सात खेलबाट १७ विकेट लिए । चार खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनियरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, न्यु समिटका प्रिन्सिपल डा. शिवदत्त ज्ञवालीलगायतले पुरस्कृत गरेका थिए ।