मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट
२०७५ पौष २ सोमबार १९:३१:००
Read Time : > 1 मिनेट
समाचार

विद्युतका सुरक्षागार्ड मृत्यु प्रकरण : आफन्तले शव बुझेनन्, आइतबारदेखि कञ्चनपुर अँन्धकार

१४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ पौष २ सोमबार १९:३१:००

नेपाल विद्युत् प्राधिकरण लालपुर विद्युत् सब स्टेशनमा कार्यरत सुरक्षागार्ड चन्द्रदेव भट्टको हाइपावर ट्रान्सफरमरमा जलेर मृत्यु भए पीडित पक्षका आफन्त  आन्दोलित भएका छन् । सोमबार बिहानैदेखि पीडित पक्षले पूर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गराइ बजार क्षेत्र तथा सरकारी कार्यालय अगाडि प्रर्दशन समेत गरे । आइतबार राति नै पीडित पक्ष, स्थानीय सरकार, विद्युत् प्राविधकरण, प्रहरी प्रशासनबीच छलफल भइ सहमति गराउने प्रयास भएपनि  सहमति हुन सकेको छैन । 

भर्खरै मात्र पनि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द, प्रहरी प्रमुख कुँबेर कडायत र पीडित पक्षबाट मृतककी छोरी रेखा भट्टसहित करिब १२/१५ जनाबीच छलफल भएको थियो । छलफलमा पीडित पक्षबाट १५ लाख क्षतिपूर्तिको माग गरेको र सरकारी पक्षबाट १० लाख मात्रै दिन सकिने भनेपछि छलफल विनानिष्कर्ष टुंगिएको छ ।
 


पीडितपक्षले घटनाको निष्पक्ष छानबिन, हत्यामा संलग्न सार्वजनिक, उचित राहत एव क्षतिपूर्ति, पीडित पक्षलाई रोजगारी र न्यायको माग अघि सार्दै आन्दोलनमा उत्रेका हुन् । 

आफन्तले सव बुझ्न नमान्दा आइतबार बिहान ५ः४५ बजेबाट विद्युत् अवरुद्ध भएको अहिलेसम्म पनि कञ्चनपुर जिल्ला अँन्धकार भएको छ । जिल्लाका साढे ४ लाख परिवार विद्युत् अवरोधको मारमा परेका छन् । विद्युत् अवरुद्ध हुँदा दैनन्दिन कृयाकलापका साथै उद्योग व्यवसायमा समेत असर परेको छ । 

मृतकका आफन्त एवं छिमेकी सन्तोषी ऐर(साउद)ले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने र पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको व्यवस्था नगर्दासम्म आन्दोलन जारी राख्ने बताइन् । राजमार्ग बन्दका कारण लामो तथा छोटो दूरीका यात्रलाई समस्या परेको छ । कञ्चनपुर प्रहरीले घटना लगत्तै आन्दोलन चर्र्किएकाले अनुसन्धानमा समस्या भएको बताएको छ ।   

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा अत्तरिया ग्रिटका प्रमुख गणेश पाण्डेका अनुसार मृतक भट्ट गोरखाली योद्दा सेक्युरेटरी कम्पनी मार्फत सुरक्षागार्डका कार्यरत थिए । प्रहरीले तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह, कमल सिह बडूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने मृतकका तर्फबाट १४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले नियन्त्रणमा लिएका कर्मचारीसँग सोधपुछ भइरहेको बताए । लालपुर सव स्टेशन क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।