मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

नेकपाद्वारा बम बिस्फोटको भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १२:४३:००

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट घटनाको सत्तारुढ नेकपाले भर्त्सना  गरेको छ ।

सत्तारुढ नेकपाका केन्द्रीय कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित मध्यपुर नगरपालिका– १ मा रहेको घरमा आज बिहान कुकर बम बिस्फोट भएको हो ।

पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त घटनाको निन्दा र भर्त्सना  गरेका छन् ।

‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दछु,’ प्रचण्ड हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधिहरूलाई नियन्त्रणमा लिन र कडा कानूनी कारबाही गर्न नेपल सरकारको ध्यानाकर्षण गराउँद छु ।’

विज्ञप्तिमा आतङ्ककारी समूहले कुकर बम बिस्फोट गराएर घरमा क्षति पु-याएको  पनि उल्लेख छ ।