मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ फाल्गुण २८ बुधबार १२:३९:००
Read Time : < 1 मिनेट
विश्व

अफगान सरकार तालिवानी लडाकु रिहा गर्न सहमत 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ फाल्गुण २८ बुधबार १२:३९:००

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्ति सम्झौताअनुसार १ हजार ५ सय तालिवानी कैदीहरु रिहा गर्न स्वीकृति दिएका छन् । राष्ट्रपतिले दिएको आदेशमा जेलबाट रिहा हुने सबै तालिवानी लडाकुले ‘अब युद्ध मैदान नफर्किने’ लिखित निवेदन दिनुपर्छ । 

यसको बदलामा तालिवानले १ हजार सरकारी सैनिकहरु फिर्ता गर्न सहमत भएको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिकहरु फिर्ता गर्न थालेपछि तालिवान र अफगान सरकारले आफूले बन्दी बनाएका लडाकुहरु फिर्ता गर्न तयार भएका हुन् । 

राष्ट्रपति घानीले हस्ताक्षर गरेको आदेशअनुसार १ हजार ५ सय कैदीहरु १५ दिनभित्र रिहा हुनेछन् । प्रतिदिन एक सय कैदी जेलबाट बाहिर निस्किनेछन् ।

रिहाईसँगै अफगान सरकार र तालिवानबीच समानान्तर वार्ता हुनेछ । वार्तामा प्रगति भएमा सरकारले दुई हप्तामा ५ को दरले ५ हजार तालिवानी लडाकु रिहा प्रतिवद्धता जनाएको छ ।