मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १२:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सानेपामा असन्तुष्ट पौडेल पक्षको बैठक बस्दै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २८ बुधबार १२:२६:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक पार्टी मुख्यालय सानेपामा बस्दै छ । 

दिउँसो १ बजे बस्ने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दुई चरण गरी २० विभागमा गरेको मनोनयन, आमन्त्रित र केन्द्रीय सदस्य विस्तार र समायोजको विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रकाशमान सिंहले जानकारी दिए । 

नेता सिंहले भने, ‘समायोजनको विषयमा जिल्ला–जिल्लाबाट रिर्पोट आइरहेको छ । यो निर्देशिका विपरित भएको छ’ नेता सिहले भने, ‘यो विषयमा बैठकमा छलफल हुन्छ ।’   

०७७ को ७ देखि १० फागुनसम्म काठमाडौंमा १४ औं महाधिवेशन मिति तोकिएको अवस्थामा सभापति देउवाले पार्टीका विभाग गठनप्रति पौडेल पक्षले असन्तुष्टि जनाएको छ । सभापति देउवाले नाम मागे पनि पौडेल पक्षले विभाग प्रमुखहरूको नाम समेत दिएको छैन । 

पैडेल पक्षले महाधिवेशनको मिति तोकिएको अवस्थामा विभाग गठन गर्नुको औचित्य नरहेको बताएको छ । नेता सिंह भन्छन्, ‘१४ औं महाधिवेशनको मिति तोकिएको छ ।  १३ औं महाधिवेश भएको दुई महिनाभित्र गर्नुपर्ने काम म्याद थप गरेर गर्नुको कुनै औचित्य छैन । यसको विषयमा पनि बैठकमा छलफल हुनेछ ।’