मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २८ बुधबार ११:२५:००
Read Time : < 1 मिनेट
समाचार

दुई जनाको शव भेटियो 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ११:२५:००

जिल्लाको तिनाउँ गाउँपालिका स्थित तिनाउँ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा शनिवार डुबेर बेपत्ता भएका बालबहादुर घर्तीको शव फेला परेको छ । 

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–७ भलवाडीका २१ वर्षीय प्रदिप रोकाको शव फेला परेको छ । दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीको नेतृत्वमा  खटिएको टोलीले रोकाको शव ड्याम साइडबाट करिब १ किलो मिटर तल पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

यस्तै सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको तानसेन-९ तल्लो डुम्रे नजिकै तानसेन–७ का ३८ वर्षीय रेलबहादुर रानाको बेवारिसे अवस्थामा शव फेला परेको छ । स्थानीयले राजमार्गको साइडमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयबाट शवको पहिचान भएपछि आफन्तलाई बुझाइएको थियो । 

उनको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।