१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार १०:११:००
Read Time : < 1 मिनेट
खेलकुद

 ओलम्पिक छनोटबाट फर्कियो बक्सिङ टोली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २८ बुधबार १०:११:००

टोकियो ओलम्पिकका लागि जोर्डनको अमानमा भएको एसिया–ओसियाना क्षेत्रको छनोट प्रतियोगितामा सहभागी भएर नेपाली बक्सिङ टोली घर फर्किएको छ । ३ मार्चदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालको तर्फबाट पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

प्रतियोगितामा सनिलले १ बाउट जितेका थिए । उनले किर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए । नेपाली बक्सिङको इतिहासमा कुनै पनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ । मिनु भने पहिलो चरणको खेलमै कोरियाली खेलाडी इम अइजीसँग पराजित हुन पुगेकी थिइन् । खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले स्वागत गरेका थिए ।