मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २७ मंगलबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एकीकरणपछि पार्टी फुट्दैन : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २७ मंगलबार १५:४८:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्य समितिको विशेष बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

बुधबार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदैछ । अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे । उनले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए । ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौँ भने सिथिल भइन्छ । गति लिन सकिँदैन,’ उनले भने ।

पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने उनले विश्वास व्यक्त गरे । उनले कम्युनिस्ट र कांग्रेसको विकल्प जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने धारणा राखे । 

कांग्रेस र कम्युनिस्टले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने उनले दाबी गरे ।