१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका ललितपुर
२०७६ फाल्गुण २७ मंगलबार ०७:०४:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कार आरोपीको कार पहिचान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ललितपुर
२०७६ फाल्गुण २७ मंगलबार ०७:०४:००

अपहरणको शैलीमा एक महिलालाई बलात्कार गरेको घटनामा प्रयोग भएको कार पहिचान भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट आरोपीको कारको पहिचान भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले बताए । आरोपीको भने अझै पहिचान हुन सकेको छैन । उनले भने, ‘अनुसन्धान जारी छ । हामीले आरोपीको कारको पहिचान गरिसकेका छौँ । त्यसकै आधारमा आरोपीलाई केही दिनमै पक्राउ गर्नेछौँ ।’ अनुसन्धान चलिरहेकाले कारको थप विवरण सार्वजनिक नगरिएको उनले बताए । 

कसरी भयो घटना ?
गत शुक्रबार बिहान २७ वर्षीय एक महिला बौद्धबाट (दिदीको कोठा) चापागाउँ माइती जाने क्रममा बलात्कारमा परेको उजुरी प्रहरी वृत्त सातदोबाटोमा परेको छ । सातदोबाटो चोकबाट एक महिलालाई अपहरणको शैलीमा कारमा चढाई बलात्कार गरेको निवेदनमा उल्लेख छ । २७ वर्षीया महिलाले कारचालकबाट बलात्कृत भएको निवेदन दिएको श्रेष्ठले बताए ।

मकवनापुर स्थायी घर भएकी महिला उपचारको क्रममा केही दिनअघि काठमाडौं आएकी थिइन् । ती महिला बौद्धबाट चापागाउँ जाने क्रममा गाडीबाट सातदोबाटोमा ओर्लिएकी थिइन् । जुत्ता बनाउन उनी केही समय सातदोबाटोमा रोकिएकी थिइन् । सोही बेला एउटा कारचालकले उनलाई गन्तव्यसम्म पुर्‍याउने भन्दै बारम्बार बोलाएका थिए । तर, उनले आनाकानी गरेकी थिइन् । चालकले जबर्जस्ती कारमा राखेर अज्ञात स्थानमा पुर्‍याएर बलात्कार गरेका थिए ।