Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्याम खतिवडा
२०७५ पौष २ सोमबार १८:४५:००
Read Time : > 1 मिनेट
प्रदेश

सवारी साधनमा लेखिएका गजल र सायरी हटाउँदै ट्राफिक प्रहरी 

Read Time : > 1 मिनेट
श्याम खतिवडा
२०७५ पौष २ सोमबार १८:४५:००

सडकमा गुड्ने सवारी साधनमा लेखिएका गजल र सायरीहरुका कारण दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले हटाउन अभियान सुरु गरेको छ ।


क्याविनमा सिसा नै छेक्ने गरि झपक्क राखिएका झल्ला र पछाडी लेखिएका विभिन्न गजल तथा सायरीतिर चालकको ध्यान जाँदा दुर्घटना हुन सक्ने भएकाले दोलखा ट्राफिकले अभियान सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख चन्द्रमान तामाङले दुई साता देखि सुरु गरिएको अभियानले सार्थकता पाएको बताए । उनले १५ मंसिरदेखि अहिलेसम्म ८ सय भन्दा धेरै सवारी साधनमा राखिएका सायरीहरु हटाइसकेको बताए । 


सवारी चाप धेरै जनशक्ति कम
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ९ जनाको दरबन्दी छ । तामाङ्ले पछिल्लो समय पहाडी जिल्ला भएपनि दोलखामा सवारी साधनको चाप तीब्ररुपले वृद्धि भएको बताउँदै दरबन्दी अनुसारका ट्राफिक प्रहरी नहुँदा पनि सवारी साधनको व्यवस्थापन गर्न गाह्रो परेको गुनासो गरे । अहिले ७ जना मात्रै कार्यरत रहेको तथा एक हवल्दार र एक जवानको दरबन्दीमा ट्राफिक महाशाखाले जनशक्ति पठाउन सकेको छैन । 


२१ हजार सवारी साधन भएको प्रारम्भिक तथ्यांक
जिल्लाभर करिब १२ सय किलोमिटर सडक क्षेत्र रहेको दोलखामा पछिल्लो समय बोलेरो जिप र मोटरसाइकलको संख्यामा वृद्धि भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यालयका हवल्दार होम बहादुर खतिवडाका अनुसार दोलखामा झण्डै २० हजारको संख्यामा मोटरसाइकल, ४ सय ५० बोलेरो जिप यात्रुबाहक बस २ सय र  ट्रक टिपर सहित हलुका सवारी गरि ६ सयको प्रारम्भिक तथ्यांक छ । 


चालु आवमा मात्रै १७ लाख राजश्व संकलन 
दोलखा ट्राफिकले चालु आर्थिक वर्षमा मात्रै १७ लाख राजश्व संकलन गरेको छ । कार्यालयको प्रशासनिक कामको जिम्मेवारी पाएका जवान जगदिस कार्कीका अनुसार मंसिरमा मात्रै ४ सय २६ सवारी साधनलाई कारबाही गरिएको र ३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । साउन देखि कात्तिकसम्म भने एक हजार आठ सय १२ सवारी कारबाहीमा परेका र १३ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन भएको कार्कीले जानकारी दिए ।